
विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका–४ नेमुवा चोकमा बिरामी अवस्थामा अवस्थामा फेला परेका बेवारिसे वृद्धको शुक्रबार बिहान मृत्यु भएको छ ।
बिरामी अवस्थामा भेटिएका उनलाई इलाका प्रहरी कार्यालय नेमुवाका सइ प्रवीण खड्का नेतृत्वको टोलीले उद्धार गरेर उपचारका लागि विराट शिक्षण अस्पताल ल्याएको थियो । मृतक पुरुषको पहिचान खुलेको छैन ।
अन्दाजी ७० वर्षजस्तो देखिने वृद्धको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी केही समयदेखि बूढीगंगा क्षेत्रमा मागीखाने गर्थे ।























