मोरङमा निर्माणाधीन घरबाट खसेका मजदुरको मृत्यु

Share this
708shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ १४, शुक्रबार १८:५६

विराटनगर । मोरङको सुन्दरहरैँचामा शुक्रबार बिहान निर्माणाधीन घरबाट खसेका मजदुरको मृत्यु भएको छ ।

सुन्दरहरैँचा नगरपालिका–१० त्रिवेणीका रुद्र काफ्लेले बनाउँदै गरेको ३ तले घरको माथिल्लो तलाबाट खसेर २८ वर्षीय विजय राईको मृत्यु भएको प्रहरीले जनाएको छ । घरको ‘सेट्रिङ’ खोल्ने क्रममा बिहान १०ः५० बजेतिर लडेर घाइते भएका राईलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइएको थियो ।

अस्पताल ल्याइपुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.