
विराटनगर । सुशील कोइराला फाउण्डेसनले प्रजातन्त्र पुनर्स्थापनाका लागि योगदान पुर्याएका ज्येष्ठ महिलालाई सम्मान गरेको छ ।
शनिबार विराटनगरमा भएको तिज मिलन कार्यक्रममा महिला उत्थान, सशक्तिकरणको र प्रजातन्त्र स्थापनामा महत्वपूर्ण योगदान पुर्याएका महिलाहरूलाई सम्मान गरेको हो ।
फाउन्डेसनले प्रभा आचार्य, चम्पा राई, नन्दकुमारी हुमागाईँ, शान्ता रिजाल र तेत्री राजवंशीलाई सम्मान गरेको हो । उनीहरूलाई पूर्व उपप्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले सम्मान पत्र प्रदान गरिन् ।
हरितालिका तीजको अवसर पारेर गरिएको कार्यक्रममा महिलाले तिजका गीतमा रमाइलो गरेका थिए । फाउण्डेसनले दर पनि खुवाएको थियो । फाउण्डेसनकी अध्यक्ष मृदुला कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय गायक सुमित खडकाले साङ्गीतिक प्रस्तुती दिएका थिए ।
























