विराटनगरमा स्कुटरको ठक्करबाट महिला प्रहरी घाइते

Share this
632shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ १६, आइतबार ११:५३

विराटनगर । विराटनगरमा शनिबार राति स्कुटरको ठक्करबाट महिला प्रहरी घाइते भएकी छन् ।

चेकजाँचका क्रममा प्रदेश १–०२–०५४ प ४६४३ नम्बरको स्कुटरले ठक्कर दिँदा प्रहरी जवान आरती सार्की घाइते भएकी हुन् । सार्कीलाई विराटनगर महानगरपालिका–११ रोडशेष चोकमा राति ८ः५० बजेतिर स्कुटरले ठक्कर दिएको थियो ।

कोशी प्रदेश प्रहरी गण विराटनगर दरबन्दी भएकी उनी वडा प्रहरी कार्यालय विराटनगरमा कार्यरत छन् । चेकिङका क्रममा रोक्न खोज्दा ठक्कर दिएर स्कुटर फरार भएको थियो । सार्कीको विराट नर्सिङ होममा उपचार गरिएको छ ।

उनको हात र ढाडमा चोट रहेको प्रहरीले जनाएको छ । स्कुटर र चालक विराटनगर–१३ का ३९ वर्षीय हरिश यादवलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.