
विराटनगर । आज देशभर मनसुनी वायुको प्रभाव सामान्य रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको प्रभाव सामान्य रहेकाले आज देशभर आंशिक बदली रहने छ।
मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर रहेका कारण कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान र राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।























