पत्रकार पाठकलाई खिलेश्वरी पत्रकारिता पुरस्कार

Share this
704shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ १७, सोमबार १९:२८

विराटनगर । विराटनगरकी पत्रकार सुशीला पाठक खिलेश्वरी पत्रकारिता पुरस्कारबाट सम्मानित भएकी छन् ।

नेपाल पत्रकार महासंघ मोरङको व्यवस्थापनमा भएको कार्यक्रममा पिताम्वर–खिलेश्वरी प्रतिष्ठानद्धारा स्थापित पत्रकारिता पुरस्कारबाट पाठकलाई सम्मान गरिएको हो ।

कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी, प्रतिष्ठानकी अध्यक्ष रेणुकादेवी रेग्मी, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्कालगायतलाई पत्रकार पाठकलाई सम्मानपत्रका साथ नगद ११ हजार रुपैयाँले सम्मानित गरे ।

स्वच्छ, मर्यादित, एवंम् उत्तरदायी पत्रकारिताको विकास तथा विशिष्टीकरणमा पु¥याएको योगदानको कदर स्वरुप पाठकलाई सम्मान गरिएको हो ।

कार्यक्रममा मन्त्री अधिकारीले पत्रकारिता वौद्धिक, मर्यादित, प्राज्ञिक र जनसरोकारको पेशा भएको बताए । उनले पत्रकारले सरकारलाई खबरदारी गर्दै जनतालाई सु–सूचित गराउने अन्त्यन्त जिम्मेवारी पूर्वक रुपमा कार्य गर्ने गरेको बताएका हुन् । पत्रकारिता पेशा मर्यादित र अनुशासित हुनुपर्नेमा जोड दिए । उनले पत्रकारिता सत्य र तथ्यमा आधारित भएर मात्रै गर्नुपर्ने बताए ।

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले पत्रकारिता क्षेत्रमा राज्य र समाजको लगानी आवश्यक भएको विचार राख्दै सञ्चारकर्मीले सत्य तथ्यका आधारमा समाचार समाजमा पस्कन आग्रह गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य खड्का, मोरङ व्यापार संघका पूर्वअध्यक्ष सुरेशकुमार शर्मा, प्रतिष्ठानका सदस्य सचिव कविराज न्यौपानेलगायतले सञ्चारकर्मीले समाजमा पछाडि परेका जनताको शिक्षा, स्वास्थ्य, रोजगारी र हक अधिकारका लागि कलम चलाउनु पर्ने सुझाव दिए ।

पीताम्वर–खिलेश्वरी प्रतिष्ठानले २०४५ सालदेखि यो पुरस्कार वितरण गर्दै आएको छ । नेपाल पत्रकार महासंघ मोरङले प्रत्ये २–२ वर्षमा यो पुरस्कार वितरण गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.