
विराटनगर । सुनसरीमा टेम्पोले ठक्कर दिँदा सोमबार साँझ १ जना नाबालकको मृत्यु भएको छ ।
गढी गाउँपालिका–२ भमरी चोकमा को २ ह १८३७ नम्बरको टेम्पोले ठक्कर दिँदा प्रमोद साह हलुवाईका छोरा ४ वर्षीय प्रमन साहको मृत्यु भएको हो । इनरुवा–दुहबी भित्री सडकखण्डमा दुहबीतर्फ आउँदै गरेको टेम्पोले साँझ ६ः४० बजेतिर सडक क्रस गर्दै गरेका नाबालकलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पताल ल्याइएको थियो । उपचारका क्रममा साँझ ७ः५० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनालगत्तै प्रहरीले टेम्पो र चालक दुहबी नगरपालिका–१० का ४० वर्षीय रामकुमार हरिजनलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ । टेम्पोको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।























