
विराटनगर । प्रहरी प्रधान कार्यालयले एकैपटक ठूलो संख्यामा इन्सपेक्टर (प्रहरी निरीक्षक)को सरुवा गरेको छ ।
प्रधान कार्यालयले सोमबार विभिन्न युनिटमा कार्यरत ५ सय ८७ जनाको सरुवा गरेको हो । सरुवामा परेका इन्सपेक्टरहरुले तलब भत्ता नयाँ दरबन्दी कायम भएको स्थानबाटै पाउने छन् ।
मोरङका पनि विभिन्न युनिटमा इन्चार्ज रहेका इन्सपेक्टरहरु सरुवामा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख इन्सपेक्टर सुमन न्यौपाने, इलाका प्रहरी कार्यालयहरु बेलबारीका तेजबहादुर दाहाल, उर्लाबारीका देवेन्द्र दास, सिजुवाका दीपक खरेल, लेटाङका भीमलाल ओलीलगायतको सरुवा भएको छ ।
त्यस्तै, सुनसरीको इलाका प्रहरी कार्यालय दुहबीबाट मोहन पोखरेल, इलाका प्रहरी कार्यालय इटहरीबाट शम्भु बस्नेतलगायतको सरुवा भएको छ ।
हेर्नुहोस् सूची























