विराटनगरको ढाटमा ठोक्कियो मोटरसाइकल, सुशीलको मृत्यु

Share this
632shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ १९, बुधबार ०९:५५

विराटनगर । विराटनगरमा बुधबार बिहानका राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–१५ रानीस्थित ३ नम्बर ढाटमा बिहानका राति १ः१५ बजेतिर दुर्घटना भएको हो । भट्टीमोडबाट भारतको जोगवनीतर्फ जाँदै गरेको को २१ प ८९६२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर ढाटमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक विराटनगर–१ का २० वर्षीय सुशील कामतको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनको उपचारका क्रममा बिहान ३ः१० बजेतिर न्युरो अस्पतालमा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

प्रहरीका अनुसार तीव्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुर्घटनाग्रस्त मोटरसाइकल नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.