खाद्यान्न बोकेको ट्याक्टरबाट खसेर गयो ज्यान

Share this
749shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ १९, बुधबार ११:४७

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–२ ताङ्लेवास्थित सिद्धपोखरी–चित्लाङ कच्ची सडक खण्डमा ट्याक्टरबाट खसेर १ जनाको ज्यान गएको छ ।

सिद्धपोखरीबाट खाद्यान्नका सामान लिएर चित्लाङतर्फ जाँदै गरेको प्रदेश १–०२–००३ त १७६३ नम्बरको ट्याक्टरबाट खसेर चैनपुर–२ का १९ वर्षीय लीलाबहादुर तामाङको मृत्यु भएको हो । दुर्घटनास्थलमै ज्यान गुमाएका उनी ट्याक्टरमा सवार थिए ।

ट्याक्टरबाट खस्नासाथ उनलाई पछाडिको चक्काले किचेको थियो । दुर्घटनालगत्तै प्रहरीले ट्याक्टर र चालक उदयपुरको चौदण्डीगढी नगरपालिका–१ का २७ वर्षीय सञ्जीव राईलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.