निजामती सेवा दिवस आज मनाइँदै

Share this
786shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ २२, शनिबार ०८:०२

विराटनगर । नेपालमा आज (शनिबार) निजामती सेवा दिवस मनाइँदै छ । निजामती ऐन ल्याएको दिनको सम्झनामा प्रत्येक वर्ष भदौ २२ गते यो दिवस मनाउने गरिएको छ ।

नेपालमा २०६२ सालबाट यो दिवस मनाउन थालिएको हो । तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले विक्रम संवत २०१३ साल भदौ २२ गते निजामती ऐन ल्याएका थिए ।

दिवसका अवसरमा सामान्य प्रशासन मन्त्रालयले उत्कृष्ट कर्मचारीलाई पुरस्कार गर्ने गरेको छ । निजामती कर्मचारीलाई उत्साहित र प्रेरित गर्ने गरी विभिन्न पुरस्कार तथा सम्मान गर्ने गरिन्छ ।

कर्मचारी प्रशासन जनता र राज्यसँग प्रत्यक्ष जोडिएको हुन्छ । निजामती क्षेत्रमार्फत राज्यले हरेक ठाउँमा उपस्थिति जनाउँछ । राज्यले आफ्ना नागरिकलाई सेवा प्रदान गर्न उपस्थिति जाउने तथा न्याय प्रदान गर्ने प्रशासनिक क्षेत्र निजामती सेवा हो । जनतालाई सेवा प्रदान गर्न र राज्यको नीति तथा निर्देशनलाई पालना गर्न निजामती कर्मचारीको भूमिका महत्वपूर्ण हुन्छ ।

देश चलाउन आवश्यक पर्ने प्रशासनले राज्यका सेवा सुविधालाई जनताको घरदैलोमा पुर्याउनुपर्छ । सुशासन र प्रशासनप्रति जनविश्वास जगाउन सक्नु निजामती सेवाको उद्देश्य हो ।

तर, मुलुकका जनता सहज एवं सर्वसुलभ प्रशासनिक सेवा र राज्यको पहुँचमा पुग्न नसकेको भान हुन्छ । यद्यपि, भ्रष्टाचारको अन्त्य र सुशासनका लागि कर्मचारीको मनोबल खस्काउन हुँदैनभन्ने मान्यता छ ।

सरोकारवालाहरु निजामती सेवालाई अझै प्रभावकारी र स्वच्छ बनाउन आवश्यक रहेको बताउँछन् । जनतामुखी, पारदर्शी, सेवामुखी र भ्रष्टाचारमुक्त निजामती प्रशासन आजको आवश्यकता रहेकोमा उनीहरुको जोड छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.