दुर्घटनामा परेर उपाध्यक्ष, उनकी आमा र वडाध्यक्षको मृत्यु

Share this
724shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ २८, शुक्रबार १५:००
ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

बागलुङ । बागलुङमा भएको जीप दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।

शुक्रबार बिहान काठमाडौंबाट रुकुमपूर्व जाँदै गरेको जीप दुर्घटना हुँदा रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढा, उपाध्यक्ष बुढाकी आमा गोपिमाया बुढा र सोही गाउँपालिकाको वडा नम्बर– २ का वडाध्यक्ष जसबहादुर कामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

रा १ झ २०० नम्बरको जीप बागलुङको गलकोट नगरपालिका–२ नरेठाँटीको भुंखानीमा दुर्घटना भएको थियो ।

दुर्घटनामा परी घाइते भएका जीपका चालक २९ वर्षीय प्रेमबहादुर पुनको धौलागिरी अस्पताल बागलुङमा उपचार भइरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.