जहदामा वृक्षरोपण, २५ सय बिरुवा रोपियो

Share this
689shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ २९, शनिबार १७:४९

विराटनगर । मोरङको जहदा गाउँपालिका–३ बनरखोकियामा शनिबार २ हजार ५ सय बिरुवा रोपिएको छ ।

जहदा गाउँपालिकाका र डिभिजन वन कार्यालय मोरङको प्राविधिक एवं आर्थिक सहयोगमा वृक्षरोपणको आयोजना गरेर १ बिघा ६ कट्ठा क्षेत्रफलमा २५ सय बिरुवा रोपिएको हो । मसला, टिक, बोद्धिचित्त, रुद्धाक्षलगायतका प्रजातिका बिरुवा रोपिएको गाउँपालिका अध्यक्ष जितेन्द्रप्रसाद साहले बताए ।

वनजंगल मासिदै जाँदा गर्मी बढ्दै गएकाले बाँच्न नै समस्या भएको वर्तमान अवस्थामा वृक्षरोपणले मानवका लागि मात्र नभएर चराचुरुङीलगायतका जंगली जनावरका लागि पनि राहत हुने उनको भनाइ छ ।

कोशी प्रदेशसभा सदस्य अमृत अर्यालले सरकारी स्वामित्वको जग्गा भएपनि यसभन्दा अघि व्यक्तिले भोगचलन गरेकोले यो वर्षदेखि गाउँपालिकाको स्वामित्वमा ल्याइ जग्गामा घेराबारा गरी बिरुवाको संरक्षण गरी पार्क बनाइने बताए ।

कार्यक्रममा डिभिजन वन कार्यालय मोरङका प्रमुख हेमन्त पराजुली, जहदा गाउँपालिकाका प्रशासकीय अधिकृत विनोद भण्डारी, स्थानीय देवनारायण राजवंशी, कार्यपालिका सदस्य महेन्द्र मण्डललगायतले बोलेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.