स्वास्थ्य प्रगति समीक्षा कार्यक्रम सम्पन्न

Share this
777shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भाद्र २९, शनिबार १८:३८

विराटनगर । विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न गरेको छ ।

दुई दिनसम्म चलेको कार्यक्रममा महानगरभित्रका स्वास्थ्य संस्थाहरूको प्रगति, आन्तरिक गतिविधि र विभिन्न स्वास्थ्य सेवाहरूको विस्तृत समीक्षा गरिएको थियो ।

पहिलो दिन महानगरपालिकाभित्रका स्वास्थ्य संस्थाहरूको प्रगतिमा केन्द्रित रहेर छलफल भएको थियो भने दोस्रो दिन कोशी अस्पतालसहित अन्य सरकारी, निजी तथा गैरसरकारी स्वास्थ्य संस्थाहरूको प्रगति विवरण प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामाजिक समिति संयोजक काजीबहादुर बस्नेत, स्वास्थ्य महाशाखा संयोजक डा. दिलिपकुमार यादव, स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहता, जनस्वास्थ्य अधिकृत उत्सव पोखरेलसहित विभिन्न स्वास्थ्यकर्मीहरूले स्वास्थ्य क्षेत्रमा भएका कार्यप्रगति र आगामी रणनीतिका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।

कार्यक्रमको समापनमा विगत वर्षमा स्वास्थ्य क्षेत्रमा हासिल उपलब्धिहरूको मूल्यांकन गर्दै, आगामी दिनमा थप प्रभावकारी सेवा प्रवाहका लागि रणनीति तय गरिएको स्वास्थ्य महाशाखाका प्रमुख डा. यादवले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×