
विराटनगर । विराटनगर विद्यालय नाटक महोत्सवको ९ औं दिन आइतबार ‘ज्ञ’ मञ्चन भएको छ ।
हाटखोलास्थित गुरुकुलको बालकृष्ण पोखरेल नाटकघरमा सुबिजिमुर मेमोरियल सेकेण्डरी स्कुलले नाटक मञ्चन गरेको हो ।
विद्यार्थी प्रतिक्षा अधिकारीद्वारा लिखित तथा सोनाम तामाङद्वारा निर्देशित नाटकले नेपालको शिक्षा प्रणालीमा व्याप्त समस्याहरुलाई कलात्मक ढंगले उजार गरेको थियो ।
नाटकमा संयोग भट्टराई, साइन तिमिल्सिना, अनुज प्रधान, निश्मा गिरी, इश्वर मेहता, आरध्या दाहाललगायतले अभिनय गरेका थिए ।
नाटक महोत्सवको अन्तिम दिन सोमबार श्री एकता सेकेण्डरी स्कुलले ‘साबित्रीको बाख्रो’ मञ्चन गर्नेछ ।

























