
विराटनगर । पाँचौं खुला मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेको प्रकाश राईको निधन भएको छ।
शनिबार काठमाडौँमा सम्पन्न प्रतियोगितामा उनी प्रथम हुँदै मिस्टर काठमाडौं घोषित भएका थिए । बुधबार बिहान उनको निधन भएको प्रहरीले जनाएको छ।
उनी मोरङको पथरीशनिश्चरे नगरपालिका– १ का बासिन्दा हुन् । मिस्टर काठमाडौँमा उनी फोनिक्स फिटशालाबाट सहभागी भएका थिए ।
प्रतियोगिताका लागि पुगेका उनी टोखा नगरपालिका– ६ स्थित ग्रिनल्यान्ड होटलमा बसेका थिए । बुधबार बिहान एक्कासी लडेपछि उनलाई उपचारका लागि ग्रान्डी अस्पताल लगिएको थियो ।
उपचारको क्रममा पौने ७ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । उनको मृत्युको कारण खुलिनसकेको प्रहरीले जनाएको छ ।























