पिकअपको ठक्करबाट घाँसको भारी बोकेकी वृद्धाको मृत्यु

Share this
669shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज ५, शनिबार १३:१५

विराटनगर । इलाममा शुक्रबार साँझ पिकअप गाडीको ठक्करबाट पैदलयात्री वृद्धाको मृत्यु भएको छ ।

रोङ गाउँपालिका–१ लक्ष्मीपुर सिरिसे भित्री सडक खण्डमा मे १ च ५९९९ नम्बरको पिकअपले ठक्कर दिँदा ६४ वर्षीया भीममाया राईको मृत्यु भएको हो । सिरिसेबाट लक्ष्मीपुरतर्फ जाँदै गरेको पिकअपले घाँसको भारी बोकेर आउँदै गरेकी भीममायालाई साँझ ६ः१० बजेतिर ठक्कर दिएको थियो ।

गम्भीर घाइते भएकी उनको उपचारका क्रममा झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा साँझ ७ः४० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनालगत्तै प्रहरीले पिकअप र चालक सूर्योदय नगरपालिका–४ का २४ वर्षीय रोशन राईलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

पिकअप चालकको लापरबाहीका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । चालकको साथमा कागजपत्र फेला नपरेको प्रहरीले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.