मोरङको माछा पोखरीमा भेटियो नाबालकको शव

Share this
672shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज ६, आइतबार १९:४१
सांकेतिक फाेटाे

विराटनगर । मोरङको कटहरी गाउँपालिका–४ जुरिघाटका १ नाबालकको शव माछा पोखरीमा भेटिएको छ ।

प्रकाश ऋषिदेवका २ वर्षीय छोरा प्रेम ऋषिदेव आइतबार बिहान पोखरीमा मृत फेल परेका हुन् । घरनजिकै घनश्याम साहलगायतले संचालन गर्दै आएको माछा पोखरीमा डुबिरहेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

खेल्ने क्रममा नाबालक पोखरीमा डुबेको हुनसक्ने आशंका गरिएको छ । घरबाट बिहान ९ बजेतिर निस्किएका नाबालक अबेरसम्म नफर्किएपछि खोजी थालिएको थियो ।

पोखरीमा डुबिरहेको भेटिएपछि उद्धार गरेर विराटनगरको कोशी अस्पताल ल्याइएको थियो । अस्पताल ल्याइपुर्याउनसाथ ११ः३० बजेतिर चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.