मोरङको रतुवामाईमा रुख काट्न अदालतले लगायो रोक

Share this
724shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज ८, मंगलबार १८:३४

विराटनगर । उच्च अदालत विराटनगरले मोरङको रतुवामाई नगरपालिकालाई रुख काट्न रोक लगाएको छ ।

सडक विस्तारको नाममा रुख नकाट्न रतुवामाई नगरपालिकाको नाममा उच्चले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । न्यायाधीश केशवप्रसाद बास्तोलाको इजलासले रुख नकाट्न नगरपालिकाको नाममा मंगलबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

रतुवामाई नगरपालिकाले सडक किनारमा रहेका रुख भदौ ३० गतेबाट काट्न सुरु गर्ने भन्दै भदौ २८ गते सूचना जारी गरेको थियो । पालिकाले जारी गरेको सूचना रोक्न र बोटविरुवाको संरक्षणको माग गर्दै अधिवक्ताद्वय विनोदमणि भट्टराई र लबन न्यौपानेले रिट दायर गरेका थिए ।

सोही रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । उच्च अदालतले १५ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन विपक्षीलाई भनेको छ ।

साथै, रिट निवेदकले माग गरेको अन्तरिम आदेशको सन्दर्भमा छलफल गर्न दुवै पक्षलाई असोज १४ गते उपस्थित हुन पनि उच्च अदालतले आदेश दिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.