विराटनगरमा सांगीतिक महोत्सव हुँदै

Share this
796shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ आश्विन १५, मंगलबार १३:०६

विराटनगर । विराटनगरमा आगामी कात्तिक १० गते म्युजिक फेस्टिबल (सांगीतिक महोत्सव) हुने भएको छ ।

तेस्रो संस्करणअन्तर्गत विराटनगरको मेनरोडस्थित जैन भवनको खुल्ला मैदानमा फेस्टिबल हुने भएको हो । लाइभ इन्टरटेनमेन्टको व्यवस्थापन र संयोजनमा हुने फेस्टिबलमा गायक तथा ब्याण्ड स्वपना सुमन र पूर्ण राईलगायतका कलाकारको प्रस्तुति रहने छ ।

नेपालीहरुको महान चाड दसैं, तिहार र छठ पर्वको समय पारेर आयोजना गरिँदै आएको विराटनगर फेस्टिबलले दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्नुका साथै सामाजिक सद्भाव बढाउन महत्वपूर्ण सहयोग गर्ने अपेक्षा आयोजकको रहेको छ ।

फेस्टिबलमा स्थानीय परिकारहरुको स्वाद दिन फुडस्टलको व्यवस्था र कार्यक्रम प्रायोजकका केही स्टल रहने म्युजिक फेस्टिबलका संयोजक सन्तोष महत (स्यान्ट्रो)ले बताए ।

कार्यक्रम सम्पन्न गर्न १४ लाख खर्च लाग्ने आयोजकले जनाएको छ । अग्रिम बुकिङ गरेमा टिकट प्रवेश शुल्क २ सय र कार्यक्रमको दिन टिकट शुल्क ३ सय लाग्ने जानकारी आयोजकले दिएको छ ।

तपाइको प्रतिक्रिया
कांग्रेसको महामन्त्रीमा भिड्दै डा. सुनील शर्मा, यस्ता छन् एजेन्डा
कोशीका विभिन्न जिल्लाबाट फरार ८ जना  प्रतिवादी पक्राउ
प्रहरीमाथि आक्रमण गर्नेहरु पक्राउ
सुकुना क्याम्पसद्वारा १३८ विद्यार्थीलाई आठ लाख ६१ हजार छात्रवृत्ति
बीपीको पहिलो सार्वजनिक सम्बोधनस्थलमा हुँदै कांग्रेस महाधिवेशन उद्घाटन
काँकडभिट्टामा भारतीय चिट्ठाको जालो, घरबाटै बरामद भयो १ हजार ३ सय थान
मधेशमा दुई महिनामा विपद्का ४५९ घटना, ९२ जनाको मृत्यु
श्रम ऐन संशोधनसहित उद्योगमैत्री नीति बनाउन मोरङ उद्योग व्यापार संघको माग
श्रम ऐन संशोधनसहित उद्योगमैत्री नीति बनाउन मोरङ उद्योग व्यापार संघको माग
विराटनगरको हाजी आँखा अस्पताल : सञ्चालक गुप्तामाथि यस्तो आरोप
सुनसान बन्दै धनकुटाको चौबिसेका मगर र जनजाति संग्रहालय
बेलायतको नेपाली च्यारिटी फाउन्डेसनद्वारा बाढीपीडितलाई एक करोड
बेलायतको नेपाली च्यारिटी फाउन्डेसनद्वारा बाढीपीडितलाई एक करोड
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×