
विराटनगर । नेपाल प्रेस युनियनका केन्द्रीय उपमहासचिव एवं सक्रिय पत्रकार अभयकुमार राई विराटनगरबाट संचालित मकालु टेलिभिजन (मकालु टिभी)को समाचार संयोजक नियुक्त भएका छन् ।
उनी यसअघि उक्त टेलिभिजनको कार्यक्रम संयोजक थिए । कार्यक्रम संयोजकबाट राईको समाचार संयोजकमा बढुवा भएको हो । २ दशकदेखि पत्रकारितामा सक्रिय रहेका उनी मकालुमा १ दशकदेखि आबद्ध छन् ।
टेलिभिजन संचालक समितिको बैठकले राईलाई समाचार संयोजकमा बढुवा गर्ने निर्णय लिएको हो । उनीसँग टेलिभिजन तथा अनलाइन पत्रकारिताको लामो अनुभव छ । राईले यसअघि नेपाल टेलिभिजन, कान्तिपुरलगायतका टेलिभिजनमा काम गरिसकेका छन् ।























