
झापा । झापामा जंगली हात्तीको आक्रमणमा परेर एक जना पुरुषको मृत्यु भएको छ ।
हल्दिबारी गाउँपालिका–३ स्थित रणकाली सामुदायिक वनबाट फर्कने क्रममा हात्तीले आक्रमण गर्दा सोही ठाउँका ६५ वर्षीय वाङदी गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आज बिहान ९ बजेतिर जंगलमा घाँस काटेर फर्कने क्रममा गुरुङलाई ८÷१० वटा जंगली हात्तीले लखेटी लतारपछार पारी कुल्चेपछि उनको मृत्यु भएको प्हरीले जनाएको छ ।
प्रहरीका अनुसार हात्तीले आक्रमण गरेको खबर प्राप्त हुन घटनास्थल पुग्दा गुरुङको मृत्यु भइसकेको थियो ।
कानुनी प्रक्रिया पूरा गरेर शव परिवारालाई बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।























