
विराटनगर । विराटनगर–३ ठूलो मिल चोकस्थित राधाकृष्ण शिव पाञ्चायन मन्दिरमा आज सामूहिक जमरा राखिएको छ ।
वडा दसैंको आज पहिलो दिन घटस्थापनाको अवसरमा सामूहिक रुपमा जमरा राखिएको हो ।
३ सयभन्दा बढी परिवारले सामूहिक जमरा राखेको राधाकृष्ण शिव पाञ्चायन मन्दिरले जनाएको छ ।
पोखरीया युवा समूह तथा राधाकृष्ण भजन मण्डलीलगायतले संयुक्त रुपमा मन्दिरमा प्रत्येक वर्ष सामूहिक जमरा राख्ने व्यवस्थापन गर्दै आएको हो ।
घटस्थापनाका दिन घर वा सामूहिक देवीघरमा शुद्ध स्थानको माटा वा बालुवा फिजाइ जौसँगै मकै, गहुँ, धानलगायत अन्न मिसाएर जमरा राख्ने प्रचलन रहेको छ ।
घटस्थापनाको साइत ९ बजेर १६ मिनेटमा भएकाले साइत अनुसार सामूहिक जमरा विधिपूर्वक राखिएको हो ।























