
झापा । ताप्लेजुङ झापा सरोकार समाज बिर्तामोड नगर समितिको दोस्रो अधिवेशनले तेजप्रसाद सिटौलालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।
समितिको बिर्तामोडमा सम्पन्न अधिवेशनले अध्यक्षमा सिटौला, उपाध्यक्षत्रयमा देवीप्रसाद खरेल, तारा कार्की र तारा चापागाईं चयन भएका छन् ।
त्यस्तै, सचिवमा विष्णुप्रसाद चापागाईं, सहसचिवमा प्रकाश भट्टराई र कोषाध्यक्षमा पुष्पा प्रसाईं चयन भएको निर्वाचन समितिका संयोजक रुद्र सिटौलाले जानकारी दिए ।
समितिको सदस्यहरूमा हरि सिटौला, रत्नकुमार श्रेष्ठ, कृष्णकला खरेल, कमला कार्की, शेरबहादुुर मादेन र भीमबहादुर मोक्तान रहेका छन् । १९ सदस्यीय नगर कार्य समितिमा प्रतिनिधित्व हुन नसकेका वडाबाट कार्य समितिको बैठकले मनोनयन गर्ने बताइएको छ ।
नयाँ नेतृत्व चयनका लागि रुद्र सिटौलाको संयोजकत्वमा रेजिना गौतम र लक्ष्मी खरेल सदस्य रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।
कार्यक्रममा नशा सम्बन्धी रोगले पीडित भइ औषधोपचारमा आर्थिक समस्या खेपीरहेका दिलेन्द्र खड्कालाई नगद १६ हजार बढी सहयोग प्रदान गरिएको थियो ।
सो अवसरमा ज्येष्ठ नागरिकहरु ८१ वर्षीय अग्नीप्रसाद खतिवडा र ७३ वर्षीया रेनुका सिटौला उप्रेतीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।























