विश्व बसोबास दिवस मनाइँदै

Share this
714shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज २१, सोमबार ०७:५०

काठमाडौं । विश्व बसोबास दिवस आज (सोमबार) मनाइँदै छ । दिगो सहरी विकास प्रवर्द्धन गर्दै सबैका लागि उपयुक्त आवास सुनिश्चित गर्ने उद्देश्यले विश्वको ध्यानाकर्षण गराउन यो दिवस मनाउने गरिन्छ ।

सन् १९८६ देखि अक्टोबर महिनाको पहिलो सोमबार संयुक्त राष्ट्र सङ्घीय मानव बसोवास कार्यक्रम (युएन ह्याबिट्याट) को आह्वानमा यो दिवस मनाउन थालिएको हो । नेपालमा भने सन् २००१ देखि सरकारी एवं गैरसरकारी क्षेत्रबाट यो दिवस मनाउन सुरु गरिएको थियो । नेपालमा पनि यो दिवस विभिन्न कार्यक्रम गरेर मनाइन्छ ।

यस वर्ष विश्व बसोवास दिवस ‘कर्मशील युवा, समुन्नत सहर’ नाराका साथ मनाउन लागिएको हो । दिगो विकास लक्ष्यको १ दशमलव १ ले समावेशी तथा दिगो सहरीकरण गर्ने लक्ष्य लिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.