
इलाम । सुख्खा पहिरोले इलामको सन्दकपुर गाउँपालिका ३ सुलुवुङ र ५ नम्बर वडाको जमुनाबीचको सडक अवरुद्ध भएको छ । माइखोला पुल नजिकै हिजो दिउँसो गएको पहिरोले सडकमा अवरोध पुगेको हो ।
सडकमा पहिरो झरेपछि सदरमुकामसँगको सम्पर्क टुटेको छ । सडकमा अवरोध पुगेकाले आउजाउ गर्न कठिन भएको छ । केही दिन अघिको भीषण वर्षाले पुलको एकातर्फको जीपवाल बगाउदा एक साता भन्दा धेरै सडक अवरुद्ध भएको थियो ।
स्थानीयले श्रमदान गरेर सडक खुलाएका थिए ।























