ससुरालीमा नुहाउने क्रममा नदीले बगाएर नारायणको मृत्यु

Share this
737shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज २७, आइतबार १८:१३

तनहुँ । तनहुँको व्यास नगरपालिका – ६ श्याम्घामा मादी नदीमा नुहाउने क्रममा आज एक जनाको ज्यान गएको छ ।

नवलपुरको गैँडाकोट नगरपालिका–२ बस्ने ४० वर्षीय नारायण पोख्रेलको नदीले बगाएर ज्यान गएको हो ।

नदीले बगाएको ठाउँबाट एक किलोमिटर तल पोख्रेलको शव फेला परेको प्रहरी निरीक्षक मुनेन्द्र थापाले जानकारी दिए ।

दशैँमा ससुराली आएका पोख्रेललाई नुहाउने क्रममा नदीले बगाएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.