
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा मन्दिरमा दर्शन गर्न जालेको भीड बढ्दै गएको छ ।
पाथीभराको दर्शन गर्न आउनेको संख्या दिनुहु बढ्दो रहेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।
मन्दिर दर्शन गर्न असोजमाभन्दा यो महिना बढ्दो रहेको पाइएको छ ।
समितिका अध्यक्ष रक्की थेबेले मन्दिर दर्शन गर्न असोज, कात्तिक र मंसिरको पहिलो साता व्यापक भीड हुने गरेको छ । उनका अनुसार आज शनिबार मात्रै ५ हजार ९ सय ८३ जनाले मन्दिरको दर्शन गरेका छन् असोजको तुलनामा धेरै नै हो । असोजमा यस पटक मन्दिर दर्शन गर्न आउनेको संख्या पूरै कमी आयो ।
असोज दोस्रो साता आएको बाढी पहिरोले ताप्लेजुङ आउने बाटो अवरुद्ध भएका कारणले पनि दर्शन गर्न आउनेको संख्या कमी भएको हो ।
नवरात्रभर पाथीभराको दर्शन गर्न धेरै संख्या विगतमा आउने गरे पनि यस पटक बाटोका कारण कमी भयो, अध्यक्ष थेबेले भने । असोजको तुलनामा आजको संख्या धेरै नै हो ।
ताप्लेजुङसँगको सडक अवरुद्ध हटेसँगै पाथीभरा मन्दिर दर्शन गर्न आउने तीर्थालुको संख्यामा दिनहुँ बृद्धि हुँदै गएको छ । दर्शनार्थीको भीड बढेपछि समितिले सबैलाई सहज रुपमा पूजाआजाका लागि लाइनको व्यवस्थापन मिलाएको जनाएको छ ।























