मोरङको बेलबारीमा घरभित्रै पड्कियो प्रेसर कुकर, महिला घाइते

Share this
691shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक ३, शनिबार १७:१७

विराटनगर । मोरङको बेलबारी नगरपालिका–६ सोमबारेमा शनिबार बिहान घरभित्रै प्रेसर कुकर पड्किएको छ । घटनामा १ जना महिला घाइते भएकी छन् ।

प्रेसर कुकर पड्किँदा ३८ वर्षीया सविना मगर घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार खाना पकाउने क्रममा बिहान ८ः४५ बजेतिर एक्कासि प्रेसर कुकर पड्किएर मगर घाइते भएकी हुन् ।

उनलाई उपचारका लागि मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा भर्ना गरिएको छ । अवस्था सामान्य रहेको र घटनाको थप अनुसन्धान भइरहेको जानकारी प्रहरीले दिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.