
विराटनगर । सप्तरीको कञ्चनरुप नगरपालिका बरमझियामा आज बिहान बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी २६ जना घाइते भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय कञ्चनपुरले दुर्घटनामा परी उदयपुरकी २१ वर्षीया मैया राईको मृत्यु भएको जनाएको छ । प्रहरीका अनुसार ८ जना गम्भीर घाइते भएका छन् ।
उनीहरूलाई उपचारका लागि विराटनगर पठाइएको छ । घाइते अन्य १८ जनाको उपचार स्थानीय धर्मेश्वर अस्पतालमा भइरहेको छ ।
प्रहरीको प्ररम्भिक अनुसन्धानबाट उदयपुरको गाईघाटबाट काँकडभिट्टा गइरहेको बस विपरीत दिशाबाट आएको मोटरसाइकल जोगाउन खोज्दा दुर्घटना भएको खुलेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।























