
भोजपुर । भोजपुरको अरुण गाउँपालिका–१ स्थित एगुवा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा १ जनाको मृत्यु भएको छ ।
अरुण गाउँपालिका–१ याङपाङका ३२ वर्षीय रोशन मगरले खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
इन्भर्टर र ब्याट्रीबाट खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा अचानक करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
शवलाई पोष्टमार्टमका लागि भोजपुर जिल्ला अस्पताल पठाएर घटनाको थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।























