
काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि नेपाल प्रहरीका २ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को नाम सिफारिस भएको छ ।
नेपाल प्रहरीको बढुवा समितिको बैठकले नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूह, स्वास्थ्य उप समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षकतर्फ डीआईजी डा. सुन्दरप्रसाद ह्योजु र जनपद प्रहरी समूहतर्फको प्रहरी नायब महानिरीक्षक (डीआईजी) किरण राणालाई सोही समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)पदमा बढुवाका लागि सिफारिस गरेको छ ।
बढुवा सिफारिस भएका जनपद प्रहरी समूहका राणा केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटमा र प्राविधिक समूहका डा. ह्योजु नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत छन् ।























