
काठमाडौं । नेपालले साफ वुमन्स च्याम्पियनसीपमा श्रीलंकामाथि शानदार जित निकाल्दै समूह विजेता बनेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले श्रीलंकालाई ६–० ले हराएको हो ।
अघिल्लो खेलमा भुटानले माल्दिभ्सलाई १३–० ले हराएकाले नेपाललाई कम्तिमा ६–० को जित चाहिएको थियो ।
अन्तिरित्त समयमा रश्मी केसीले गोल गर्दै नेपाललाई ६–० को जित दिलाइन् ।



















