
जनकपुर । बाराको सिम्रौनगढका प्रमुख प्रशासकीय अधिकृत घुससहित बिहीबार पक्राउ परेका छन् ।
सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साहलाई ७८ हजार रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले नियन्त्रणमा लिएको छ ।
नगरपालिकाले गर्ने बिल भुक्तानीमा घुस मागेको सूचना पाएपछि अख्तियारको टोलीले साहलाई नियन्त्रणमा लिएको हो ।
साहलाई कलैया उपमहानगरपालिका भरत चौकबाट नियन्त्रणमा लिइएको हेटौंडास्थित अख्तियारको कार्यालयका सूचना अधिकारी गोविन्दप्रसाद गौतमले जानकारी दिए ।
असार तेस्रो साताबाट साह सिम्रौनगढको निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका थिए ।























