झापामा सफारी चार्ज गर्दा करेन्ट लाग्यो, उपचारका क्रममा मृत्यु

Share this
650shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक १०, शनिबार १३:१२

झापा । झापामा सवारी चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । भद्रपुर नगरपालिका–५ देवीवस्तीका ३६ वर्षीय शम्भु सहनीको मृत्यु भएको हो ।

आफ्नै घरमा सीटी सफारी चार्ज गर्ने क्रममा उनलाई शुक्रबार दिउँसो १ बजेतिर करेन्ट लागेको थियो । गम्भीर घाइते भएका उनको उपचारका क्रममा ओमसाई पाथीभरा अस्पतालमा मृत्यु भएको झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए ।

प्रहरीका अनुसार सहनीको राति १० बजेतिर मृत्यु भएको हो । प्रहरीले घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.