
धनकुटा । धनकुटामा बस दुर्घटना हुँदा २६ जना यात्रु घाइते भएका छन् ।
शनिबार दिउँसो २ बजेतिर कोशी राजमार्गअन्तर्गत धनकुटाको भेडेटार सिम्सुवा खण्डको कोलबोटेमा बस दुर्घटना भएको धनकुटा प्रहरीले जनाएको छ ।
धरानबाट धनकुटाको पाख्रिबासस्थित सान्ने जाँदै गरेको को १ ख २७५५ नम्बरको बस सडकबाट ३० फिट तल खसेको बस भीरमाथिको रुखमा अड्किएको थियो ।
उक्त बस दुर्घटनामा परेर केही यात्रु गम्भीर घाइते भएको बताइएको छ । घाइते सबै यात्रुहरुलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ ।























