अमेरिका टुरमा सन्दीपको पुनरागमन

Share this
675shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक १०, शनिबार १९:०५

काठमाडौं । नेपालले अमेरिकामा हुने विश्वकप लिग २ को खेलका लागि टोली घोषणा गरेको छ । सन्दीप लामिछानेलाई समेटेर १५ सदस्यीय टोली घोषणा गरेको हो ।

अमेरिका विरुद्ध टी– २० सिरिज नखेलेका लामिछाने टिममा समावेश हुँदा सागर ढकाल र देव खनाल रिजर्भमा छन् ।

नेपाल,अमेरिका र स्कटल्याण्डबीच अमेरिक आईसीसी विश्वकप लिग टु सिरिज सुरु भएको छ ।

पहिलो खेलमा स्कटल्याण्डले अमेरिकामाथि १० विकेटको जित निकालेको थियो ।

नेपालले आफ्नो पहिलो खेल आइतबार घरेलु टोली अमेरिकासँग खेल्नेछ ।

नेपाली टिम : रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ सेख, अनिल साह, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्सन झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजवंशी ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.