साफ महिला च्याम्पियनसिपको फाइनलमा बंगलादेश, नेपाल र भारतबीचकाे खेल जारी

Share this
755shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक ११, आइतबार २०:२६

काठमाडौं । बंगलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

काठमाडौंको दशरथ रंगशालामा आइतबार भएको खेलमा भुटानलाई ७–१ गोलको फराकिलो अन्तरमा पराजित गर्दै बंगलादेश उपाधिनजिक पुगेको हो ।

बंगलादेशको जितमा तोहुरा खातुनले ह्याट्रिक पूरा गरिन् । सविना खातुनले २ तथा ऋतु पोर्ना चक्मा र शिउली अजिमले १–१ गोल गर्दै टोलीलाई फाइनलमा पुर्याए ।

प्रतियोगिताको उपाधि जित्नका लागि बंगलादेशले नेपाल र भारतबीचको विजेतासँग खेल्नु पर्ने छ । नेपाल र भारतबीच जारी खेलमा अहिलेसम्म दुवै टोली गोलरहित बराबरीमा खेल्दै छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.