विश्वकप लिग–२ मा अमेरिकासँग हार्‍यो नेपाल

Share this
795shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक १२, सोमबार ०६:३१

विराटनगर । आईसीसी विश्वकप लिग–२ को खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ । आज भएको खेलमा ३ विकेटले पराजित भएको हाे ।

टर हारेर ब्याटिङ गरेको नेपालले दुई सय ८७ रनको लक्ष्य दिएको थियो । अमेरिकाले ४९ ओभर चार बलमा सात विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।

अमेरिकाका ओपनर शयान जहाजिंगरले ९७ बलमा १२ चौका र ४ छक्कासहित एक सय चार बनाए । नेपालका कुशल भुर्तेलले ६ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए । सोमपाल कामीले २ र ललित राजवंशीले १ विकेट लिए ।

ग्राण्ड प्रेरी क्रिकेट रङ्गशाला डालसमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा अल आउट हुँदै दुई सय ८६ रन बनाएको थियो ।

नेपालका कप्तान रोहित पौडेलले ९६ रन बनाए । ओपनर आसिफ शेखले ५२ र अनिल साहले ५६ रन बनाए । अमेरिका स्पिनर नोष्थुश केन्जिगेले ४ विकेट लिए ।

लिग २ मा नेपालले भोलि स्कटल्यान्डसँग खेल्नेछ ।

लिग–२ मा ९ खेलमा ३ अङ्कसहित नेपाल तालिकाको सातौं स्थानमा छ । अमेरिका दोस्रो र क्यानडा शीर्ष स्थानमा छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.