विराटनगरको पोखरीमा हामफालेका युवकको उद्धार

Share this
739shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक १२, सोमबार १७:०९

विराटनगर । विराटनगरको एउटा पोखरीमा हामफालेर आत्महत्या गर्न खोजेका युवकलाई प्रहरीले सोमबार बिहान उद्धार गरेको छ ।

विराटनगर महानगरपालिका–६ का २४ वर्षीय युवकको उद्धार गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार घरसायी वादविवादपछि ती युवकले घरनजिकको पोखरीमा हामफालेर आत्महत्या गर्न खोजेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पोखरीमा हामफालेको जानकारी आउनसाथ खटिएको प्रहरी टोलीले युवकको उद्धार गरेको हो । उनलाई सकुशल उद्धार गरेर उपचारका लागि कोशी अस्पताल भर्ना गरिएको छ । अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.