विश्वकप लिग २ मा नेपालको दोस्रो खेल आज

Share this
631shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक १३, मंगलबार १०:५७

विराटनगर । आईसीसी क्रिकेट विश्वकप लिग २ को अमेरिकामा जारी त्रिदेशीय सिरिजमा नेपालले आज आफ्नो दोस्रो खेल स्कटल्याण्डसँग खेल्दैछ ।

पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपालले दोस्रो खेल स्कटल्याण्डसँग खेल्न लागेको हो ।

खेल ग्राण्ड प्रेरी स्टेडियममा नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ ।

नेपाल, स्कटल्याण्ड र अमेरिका सम्मिलित सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग ३ विकेटले पराजित भएको थियो । स्कटल्याण्डले आफ्नो पहिलो खेलमा अमेरिकालाई १० विकेटले पराजित गरेको थियो ।

स्कटिङ टोली लयमा छ भने नेपालले लिग टु मा पछिल्लो समय खराब प्रदर्शन गरिरहेको छ । नेपाल लिग टु मा ७ खेल यता जितविहीन छ ।

२०२४ फेब्रुअरीमा घरेलु मैदानमा भएको लिग टु को पहिलो सिरिजमा नेपालले नेदरल्याण्ड्सलाई हराएको थियो । त्यो नै नेपालको एक मात्र जित हो ।

९ खेलबाट जम्मा ३ अंक रहेको नेपाल ८ टोली सम्मिलित लिग टु को सातौं स्थानमा छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.