अरुण राठी नेकोस कोशी प्रदेश आईटीएफको अध्यक्षमा निर्वाचित

Share this
757shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक १३, मंगलबार २१:०२

विराटनगर । नेपाल खेलकुद महासंघ (नेकोस)कोशी प्रदेश आईटीए तेक्वान्दो संघको प्रथम सम्मेलनले प्रदेश अध्यक्षमा अरुण राठीलाई निर्विरोध निर्वाचित गरेको छ ।

संघको आज विराटनगरमा भएको सम्मेलनले राठीको अध्यक्षतामा १६ सदस्यीय कार्य समिति चयन गरेको हो । उपाध्यक्षमा सन्तोषकुमार श्रेष्ठ, सचिव ओमकुमार श्रेष्ठ, सहसचिवद्वय गोपाल पोद्दार र सुमिरा श्रेष्ठ, कोषाध्यक्ष प्रदीपकुमार कर्ण चयन भए ।

त्यस्तै सदस्यहरुमा धनबहादुर लकान्तरी, चन्द्रवती राई, प्रकाश लिङदेन, अलोक राई, अनिता सेलिङ, सजिना तामाङ, सार्थक पोखरेल, केरिसा आचार्य, जतिन ताम्राकार र बलराम गिरी निर्विरोध चयन भए ।

राठी यसअघि आईटीए तेक्वान्दो संघ मोरङको अध्यक्ष थिए ।

सम्मेलनको उद्घाटन गर्दै नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको सदस्यसचिव पर्शुराम बस्नेतले खेलकुद सम्बन्धि स्पष्ट कानुन नहुँदा तीन तहका सरकारसँग समन्वय गरेर काम गर्न असहज भएको बताए ।

उनले भने, ‘प्रदेशका सबै प्रशिक्षहरुलाई स्पष्टसँग भन्ने गरेको छु, तपाईंहरु प्रशिक्षकले आफ्नो काम कर्तव्य के हो बुझ्न जरुरी छ । राम्रो खेलाडी बनाएर पदक जित्न सक्ने बनाउनु एक कुशल प्रशिक्षकको मुख्य जिम्मेवारी भन्ने बुझ्न जरुरी छ । तपाईं प्रशिक्षकहरु आफ्नो काम र आफू काम गर्ने संस्थाप्रति उत्तरदायी हुनुहुन वा बन्न सक्नुहुन्न भने राजीनामा दिनुहोस् ।’

आफू काम पनि नगर्ने गर्न खोज्नेलाई पनि नदिई ठाउँमा मात्रै ओगट्ने काम गर्न छाड्नु पर्नुपर्ने बताउँदै, सदस्यसचिव बस्नेतले भने, ‘प्रशिक्षकले समयअनुकूल परिवर्तन हुँदै नयाँ खेलका विधिबाट प्रशिक्षण गराउन नसक्दो सोच जस्तो नतिजा दिन सकेका छैनन् । काम गर्न नसक्ने भए राजीनामा दिए नयाँ प्रशिक्षक नियुक्त गरेर नयाँ तरिकाले प्रशिक्षणको व्यवस्था मिलाइन्छ ।’

‘कतिपय प्रशिक्षकहरु प्रशिक्षण त होइन दैनिक हाजिर गर्न समेत जानु सक्नुहुन्न । उहाँहरुले सम्मानका साथ राजीनामा दिए हुन्छ । कसै कसैले एक महिनाको हाजिर एकै पटक गर्ने गरेको पाइएको छ । उहाँहरुलाई स्पष्ट भनेको छु बानी सुधार्नु होस्’, बस्नेतले भने ।

प्रदेश सरकारले खेलकुदलाई बुझेकै कारण १० औं राष्ट्रिय खेलकुदका लागि १० करोड रुपैयाँ छुट्याएको बस्नेतले प्रष्ट पारे ।

नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष प्रवीणकुमार कार्की, विराटनगर वडा नम्बर ४ का वडाध्यक्ष जितेन थापालगायतले सम्मेलनको सफलताको शुभकामना दिँदै नयाँ कार्य समितिलाई सफल कार्यकालको शुभकामना दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.