
विराटनगर । विश्वकप लिग २ अन्तर्गत अमेरिकामा जारी त्रिकोणात्मक श्रृंखलाको दोस्रो खेलमा नेपालले स्कटल्याण्डविरुद्ध बलिङ गर्दैछ । नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएको हो ।
आजको खेलका लागि नेपालको प्लेइङ सेटमा एक परिवर्तन गरेको छ । स्पिनर ललित राजवंशीको स्थानमा अलराउन्डर कुशल मल्ललाई खेलाइएको छ । पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको थियो ।



















