
काठमाडौं । महिला साफ च्याम्पियनसीपको फाइनल खेलको पहिलो हाफ गोलरहित बराबरी भएको छ ।
नेपालको घरेलु मैदान दशरथ रंगशालामा नेपाल र बगलादेशबीचको फाइनल खेलको पहिलो हाफ गोलरहित बराबरी भएको हो । पहिलो हाफ दुवै टोलीले गोल गर्ने केही अवसर गुमाएका थिए ।
नेपालको फाइनल खेल हेर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री प्रकाशमान सिंह पनि खेल हेर्न रंगशाला छन् ।



















