
काठमाडौं । महिला साफ च्याम्पियनसीपको उपाधिका लागि नेपाल र बंगलादेशले प्रतिस्पर्धा गरिरहेका छन् ।
पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफमा दुवै टोलीले १–१ गोल गरेका छन् ।
गोलको अग्रता भने बंगलादेशले लिएको थियो । लगतै नेपालका लागि अमिसा कार्कीले गोल फर्काइन । कार्कीले ५६ मिनेटमा बराबरी गोल गरिन् । उनलाई प्रिती राईले सेन्टर एरियाबाट दिएको पासमा उत्कृष्ट गोल गरेकी थिइन् ।
त्यसअघि ५२ मिनेटमा बंगलादेशकी मोनिका चक्माले डिबक्स भित्रबाट गोल गरेकी थिइन् ।

























