
काठमाडौं । महिला साफ च्याम्पियनसीपको फाइनल खेलमा बंगलादेशले फेरि अग्रता बनाएको छ । उपाधि भिडन्तमा नेपालविरुद्धको २–१ को अग्रता बनाएको हो ।
पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ५२ मिनेटमा बंगलादेशकी मोनिका चक्माले डिबक्स भित्रबाट गोल गरिन् । ५६ औं मिनेटमा अमिसा कार्कीले नेपालका लागि बराबरी गोल फर्काइन् । ८० औं मिनेटमा गोल गर्दै बंगलादेशले अग्रता बनाएको हो ।

























