झिलिमिली विराटनगर (फोटो फिचर)

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कार्तिक १४, बुधबार २०:२८

तिहार नेपालीहरूको दोस्रो ठूलो पर्व हो । तिहारलाई हर्षोल्लासपूर्ण रूपमा मनाइँदै छ ।

तिहारमा घर, आँगन सजाउने, माटोका दियोे र झिलिमिली बत्ती बाल्ने गरिन्छ । फूलहरु खरिद बिक्रीका लागि विराटनगरको मुख्य बजारमा राति पनि भिड लाग्छ । दसैंमा पनि राति ११ बजेसम्म नखुल्ने विराटनगरका बजारका पसलहरु तिहारमा अवेरसम्म खुलेको पाइन्छ ।

यसबेला बजारमा भिडभाड धेरै रहेको छ । हरेक घरमा रंगीचंगी बत्तीहरू टाँगिएको छ । सहर, बजार मात्र होइन, गाउँघर पनि दीपावलीका कारण झिलिमिली छन् ।

मृत्युका देवताका रूपमा हिन्दू धर्मावलम्बीहरूले पूजा गर्ने यमराजले यही समयमा बहिनी यमुनाका घरमा ५ दिन बिताउने पौराणिक कथाका आधारमा तिहारलाई यमपञ्चक पनि भनिन्छ । यम पञ्चकका अवसरमा तास, जुवा खेलेर रमाइलो गर्ने चलन छ ।

पहाडमा तिहार र दीपावली तथा तराई मधेसमा दीपावालीका नामबाट यस पर्वलाई चिनिन्छ । यम पञ्चकमै आयुर्वेद चिकित्साका देवता मानिने धन्वन्तरीको जन्म भएको विश्वासका आधारमा धन्वन्तरी जयन्ती वा धनतेरस पनि मनाउने गरिन्छ ।

यमपञ्चकमा काग, कुकुर, गाई, लक्ष्मी, गोवद्र्धन र भाइ पूजा गर्ने प्रचलन रहेको छ । सेल रोटीको पर्वका रूपमा पनि यसलाई चिनिन्छ । हरेक साँझ दीपावली गरिने भएकाले उज्यालोको पर्वका रूपमा पनि तिहारलाई लिइन्छ ।

देउसी, भैलो खेलेर रमाइलो गर्नु तिहारको विशेषता नै हो ।

 

clockप्रकाशित मिति:  २०८१ कार्तिक १४, बुधबार २०:२८
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.