काठमाडौं । महिला साफ च्याम्पियनसीपको फाइनल खेलमा नेपाल फेरि पराजित भएको छ ।
गत सिजनमा घरेलु मैदान भएको फाइनल खेलमा नेपाल बंगलादेशसँग नै पराजित भएको थियो । यो पटक पनि बंगलादेशसँग नै २–१ ले पराजित हुँदै उपविजेतामा सिमित भयो ।
महिला साफ र सागमा नेपाल पराजित भएको यो १२ औं पटक हो ।
पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ५२ मिनेटमा बंगलादेशकी मोनिका चक्माले डिबक्स भित्रबाट गोल गरिन् ।
५६ औं मिनेटमा अमिसा कार्कीले नेपालका लागि बराबरी गोल फर्काइन् ।
८० औं मिनेटमा गोल गर्दै बंगलादेशले लगातार दोस्रो पटक उपाधि जतेको हो ।