एक खेल अगावै नेपाल दोस्रो चरणमा

Share this
689shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक १६, शुक्रबार १४:२८

काठमाडौं । नेपाल एक खेल अगावै हङकङमा जारी द हङकङ सिक्सेस प्रतियोगिताको दोस्रो चरण प्रवेश गरेको छ ।

समूह बी अन्तर्गत दोस्रो खेलमा इङ्ग्ल्याण्ड अस्ट्रेलियासँग पराजित भएसँगै नेपाल दोस्रो चरणमा प्रवेश गरेको हो । इङ्ग्ल्याण्ड अस्ट्रेलियासँग ३४ रनले पराजित भएको हो ।

अष्ट्रेलियाले दिएको १४८ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्याण्डले निर्धारित ६ ओभरमा ११३ रन मात्र बनाउन सक्यो । यसअघि नेपालले इङ्ग्ल्याण्डलाई ६ विकेटले पराजित गरेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.