
विराटनगर । हङकङमा जारी हङकङ सिक्सेसमा नेपालले अष्ट्रेलियामाथि जित निकालेको छ । शुक्रबार इंग्ल्यान्डमाथि सानदार जित निकालेको नेपालले शनिबार अष्ट्रेलियामाथि जित निकालेको हो ।
पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओधरमा २ विकेटको क्षतिमा १११ रन बनाएको थियो । ११२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले १०० रन मात्रै बनाउन सक्यो ।
नेपालका लागि सन्दिप जोराले १६ रनमा ५१ रन जोडे, लोकेश बमले ३३ र विवेक यादवले १२ रन जोडे ।
अष्ट्रेलियाका लागि ज्याक उडले ५५ रन जोडे एलेक्स रोसले १४ रन जोडे । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
नेपालका लागि प्रतिस जिसीले ३, लोकेश बम र विवेक यादवले १–१ रन जोडे ।
पहिलो पटक सहभागिता जनाएको नेपालले शुक्रबार इंग्ल्यान्डमाथि सानदार ६ विकेटको जित निकालेको थियो ।



















